Blog

मुटुरोग बाट बच्ने बाटो

blog-detail-img

मुटुरोग बाट बच्ने बाटो

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 4, 2021
8945
Views

Click here to download mobile App

यदी तपाईं मुटुरोग बाट बच्न चाहनुहुन्छ भन्ने निम्न लिखित कुरा हरुमा ध्यान दिनुस् । प्रायजसो अवस्था मा केही न केही मुटुरोगको जोखिम भएकै ब्यक्तीमा हार्ट अटेक , मस्तिस्कघात वा अन्य मुटुरोग लग्ने गर्छ। त्यसैले तपाईं सँग त्यस्ता मुटुरोग्का कुनै जोखिम हरु छन कि छैनन पत्तालगाउनु जरुरु हुन्छ । यदी केही जोखिमहरु छन र तपाईं ले त्यसको समयमै पहिचान र नियन्त्रण गर्नु सक्नु भयो भन्ने मुटुरोग को खत्रा बाट बच्न सक्नुहुन्छ । 

लामो समय देखी यस्तै जोखिम हरु शरीर भित्र भएर पत्ता न लागेर नियन्त्रण नहुँदा नै मानिस् लाई मुटुरोगको सम्भावना बढेको बुझिन्छ। किनभन्ने मुटुरोग्को थालनी भाईसकेको धेरै महिना र बर्ष सम्मा पनि केही लक्षण देखा नपर्न पनि सक्छ। प्राय: मुटु रोग अगाडि बढी सकेपछी मात्र हामी लक्षण देखिने भएकोले यस्को कारण पत्ता लगाइ रोक्थाम र नियन्त्रण गर्नु नै बुद्धिमानी मानिन्छ।

 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

आफ्नो अनुभव, बैज्ञानीक आधार , वर्तमान सामाजिक अवस्था र मुटुरोगको अवस्था हेर्दा प्रतेक नेपाली व्यश्क लाई प्राथमिकता को आधारमा केही  महत्त्वपूर्ण सल्लाह दिन चाहन्छु ।

प्रथम : चुरोट/मदिरा

अरु सबै कुरा राम्रो भएपनी यो कारण ले मात्र पनि तपाईंलाई मुटुरोगको जोखिम हुन्छ। र अरु केही जोखिम हरु पनि छन् भने, यो झन बढी खतरनाक हुन सक्छ। स्वास्थ्य भविश्य को लागि चुरोट खाँदै नखानु र मदिरा पनि सकेसम्म नखानु वा काम खानु सुरक्षित हुन्छ। चुरोट ले हार्ट अटेकको र मदिरा ले ब्रेन अटेकको खतरा २-३ गुणा बढाउछ ।

दोस्रो : उच्चरक्तचाप 

प्रतेक घर मा १-२ जना लाई उच्च रक्तचाप भएको र अधिकान्श ले औषधी खान न चाहेको र औषधी खाएपनी धेरै को रक्तचाप राम्रो नियन्त्रण नभ्एको अवस्था देखिन्छ। यस्ले गर्दा मुटु, मस्तिस्क र म्रिगौला मा ठुलो, दिर्घ र नदेखिने असर प्रतेक छण भाई रहेको हुन्छ। रक्तचाप को नियन्त्रण शुरु देखिनै गर्न सकेमा यस्को प्रकोप बाट सजिलै बाँच्न सकिन्छ। तर समाज मा बिधमान भ्रम हरुले असन्खय ब्यक्ती हरु को स्वास्थ्य लाई जोखिमा मा मात्रै होइन कि अल्प आयु मै ज्यान को खत् रा बढेको देखिन्छ। समय मै चिकित्सकिय प्रामर्श अनुसार जीवनशैली , खनपिन र औषधी को उपयुक्त प्रयोग ले हामी आफुलाई स्रक्षित गर्न सक्छौ।

तेस्रो : कोलेस्टेरोल 

उच्च कोलेस्टेरोलले हृदयाघातको खतरा लगभग ३ गुणा बढाउँछ । कोलेस्टेरोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै धेरै हुन्छ । उच्च कोलेस्टेरोलको केही लक्षण हुँदैन, रगतको जाँच नगरेसम्म उच्च कोलेस्टेरोल छ कि छैन थाहा हुँदैन । त्यसैले बिहान खाली पेटमा रक्तपरीक्षण गरी आफ्नो कोलेस्टेरोलको मात्रा थाहा पाउनुहोस् । मधुमेह, उच्च रक्तचाप, मोटोपना र परिवारमा हृदयाघात भइसकेको व्यक्तिले आफ्नो कोलेस्टेरोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ ।

२० बर्ष भन्दा माथिका प्रतेक ब्यक्ती ले आफ्नो रगत मा कोलेस्टेरोल को मात्रा कती छ थाहा हुन्पर्छ। कोलेस्तेरोल लाई ३ महिना भित्र खन्पैन र जीवनशैली ले नियन्त्रण म लिना नसकेको अवस्था मा औधधी को प्रयोग निरन्तर लामो समय साम नटुटाइ गर्नु नै सर्वोत्त्तम मानिन्छ। कहिले काही शुरुदेखी नै औषधी खानु राम्रो हुन्छ।

चौथो : मधुमेह

मधुमेह हुने हरुलाई हृदयाघातको खतरा २-३ गुणा बढाउँछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । बिहान खाली पेटमा रगत जाँच गरी सुगरको मात्रा थाहा पाउनुस् । सुरुसुरुमा मधुमेहको केही लक्षण नहुन सक्छ । त्यसैले रक्तपरीक्षण नै मधुमेह थाहा पाउने उपयुक्त तरिका हो । मधुमेह को उचित उप्चार भएमा मुटु रोगको सम्भावना घट्छ । मधुमेह को बिरामीले प्रेसर, सुगर, कोलेस्टेरोल को राम्रो नियन्त्रण गर्नु पर्छ। चुरोट एउटा पनि खानु हुँदैन

पाचौ : मोटोपना

यदि तपाईं मोटो हुनुहुन्छ वा कम्मर वरिपरि धेरै बोसो रहेछ भने हृदयाघातको खतरा बढी हुन्छ । तपाईंले आफ्नो चाहिने तौल पत्ता लगाउन उचाइ -सेमि) बाट १०० घटाउनुहोस् । तपाईंको तौल योभन्दा कम हुनुपर्छ । जस्तैः १६० सेमि उचाइ हुँदा, तपाईंको तौल १६०-१०० . ६० केजीभन्दा बढी हुनु हुँदैन । आफ्नो पेटको मोटाइ नाइटोको वरिपरि नाप्नुहोस् र हिपको मोटाइ सबभन्दा चौडा भागमा नाप्नुहोस् कम्मरको नाप र हिपको नापको रेसियोलाई 'वेस्ट हिप रेसियो' भनिन्छ । यो रेसियो पुरुष र महिलाको क्रमश ०.९० र ०.८५ भन्दा कम हुनुपर्छ ।

परिवार, कार्यालय वा अर्थव्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयाघात निम्त्याउन सक्छ । डिप्रेसनले पनि हृदयाघात निम्त्याउन सक्छ । तपाईंलाई पनि डिप्रेेसन वा अत्यधिक तनाव छ कि छैन विचार गर्नुहोस् ।

नियमित रूपमा अत्यधिक मदिरा सेवन गर्नु वा एकदिनमै अत्यन्तै धरै मदिरा सेवन गर्नु -बिन्ज डि्रन्किङ) ले पनि हृदयाघात निम्त्याउन सक्छ । पुरुषले २० ग्राम र महिलाले १० ग्राम प्रतिदिनभन्दा बढी मदिराको सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यदि तपाईंलाई माथि उल्लिखित १ भन्दा बढी कारक तत्त्वहरू छन् भने हृदयाघाताको खतरा धेरै गुणा बढी हुन्छ । तपाईं आफ्नो दिनचर्यामा ससानो परिवर्तन गरेर हृदयाघातबाट सजिलैसँग बच्न सक्नुहुन्छ । तलका उपाय अपनाएर हृदयाघातबाट बच्नुहोस् ।

अन्य महत्त्वपूर्ण सल्लाहहरु 

  1. नियमित रूपले ताजा फलफूल, प्रशस्त सागसब्जी र माछाको प्रयोग गर्नोस् ।
  2. नियमित शारीरिक गतिविधि, दैनिक आधा घन्टा हिँडडुल गर्ने बानी बसाल्नुहोस् । -हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, ट्रेड मिलमा दौडिने । याद राख्नुहोस्: जटिल वा गाह्रो व्यायामले उल्टै मुटुलाई हानि पनि गर्न सक्छ ।
  3. मदिराको सेवन नगर्ने
  4. मोटोपना भएमा तौल घटाउने र नियन्त्रण राख्ने ।
  5. आफ्नो दैनिक आहारमा नुन, चिनी, घिउ र चिल्लो (फैट) को सेवन सकेसम्म कम गर्ने
  6. डिप्रेसन वा तनावलाई कम गर्ने, यसका लागि घर र कार्यालयमा सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने
  7. चुरोट/बिंडीको सेवन बन्द गर्नुहोस् । यसको सेवन बन्द गरेको दिनदेखि नै हृदयाघातको खतरा कम हुँदै जान्छ ।
  8. मिधुमेह, उच्च कोलेस्टेरोल, उच्च रक्तचापको नियन्त्रण गर्नुहोस् । यसका लागि नियमित शारीरिक गतिविधि, स्वस्थ आहार, तौल घटाउने र आवश्यक परेमा औषधि प्रयोग गर्नुहोस् ।

5 important steps to prevent heart disease and heart attack are:

1) stopping smoking/alcohol

) Control Blood Pressure

3) Control Diabetes

4) Control Cholesterol

5) Attain Ideal body weight