Blog

मुटुको बनौट र कृयाकलापको बारेमा जानिराखौ

blog-detail-img
|
  Jan. 4, 2021
3315
Views

Click here to download mobile App

मानिसको मुटु मूठीको आकारको हुन्छ । यो अत्यन्तै बलियो मांसपेशीले बनेको हुन्छ । यसको तौल महिलामा २५० ग्राम र पुरुषमा करिब ३०० ग्राम हुन्छ । गर्भवती महिलाको पेटमा गर्भ भएको ३–४ हप्तामै भ्रुणको (Embryo) मुटु ढुकढुक गर्न थाल्छ । प्रत्येक मिनेटमा हाम्रो मुटु ६० देखि १०० पटक सम्म (औसतमा ७० देखि ८० सम्म) धड्किन्छ । प्रतिदिन हाम्रो मुटु लगभग एक लाख चोटी धड्किन्छ । मुटुको प्रत्येक धड्कनमा लगभग ७० मि.ली. रगत मुटुबाट निस्केर शरीरको सम्पूर्ण भागमा पुग्ने गर्छ । ब्यायाम गरेको, डर लागेको वा उत्तेजित भएको बेलामा मुटु चाडोचाडो र जोड्ले धड्किनु स्वभाविक हो ।

मुटुका कोठाहरु (Chambers of Heart)

मुटुको बाँया भागमा २ वटा र दाँया भागमा २ वटा गरी जम्मा ४ वटा चैम्बरहरु (कोठा) हुन्छन । माथिका कोठाहरुलाई एट्रियम भनिन्छ । तलका कोठाहरुलाई भेन्ट्रिकल भनिन्छ । दाँया र बाँया एट्रियमलाई एउटा भित्ताले विभाजित गरेको हुन्छ । यसलाई एट्रियल सेप्टम भनिन्छ । यसै भित्तामा प्वाल भएमा ASD हुन्छ । दाँया र बाँया भेन्ट्रिकललाई एउटा भित्ताले विभाजित गरेको हुन्छ । यसलाई भेन्ट्रिकुलर सेप्टम भनिन्छ । यसै भित्तामा प्वाल भयो भने VSD हुन्छ । एट्रियमले रगत जम्मा गर्ने काम गर्छ भने भेन्ट्रिकलले रगत फाल्ने काम गर्छ । 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

मुटुका ढोकाहरु (Valves of Heart)

फोक्सोबाट आउने शुद्ध रगत मुटुको बाँया भागको लेफ्ट एट्रियम (Left Atrium) मा जम्मा हुन्छ । लेफ्ट एट्रियम बाट रगत माइट्रल भल्भ हुदै लेफ्ट भेन्ट्रिकलमा (Left Ventricle) पुग्छ । लेफ्ट भेन्ट्रिकलमा जम्मा भएको शुद्ध रगत एओर्टिक भल्भ (Aortic Valve) लाई पार गर्दै मुटुको ठूलो रक्तनली Aorta भएर शरीरको विभिन्न भागमा पुग्छ । Aorta बाट दुईवटा साना आर्टरीहरु (कोरोनरी आर्टरी) निस्केर मुटुको मासंपेशीलाई रगत प्रदान गर्छ ।

मुटु भित्र रगतको प्रवाह (Blood Circulation in Heart)

शरीरको विभिन्न भागबाट अशुद्ध रगत मुटुको दाँया भागमा पुग्छ । शरीरको माथिल्लो भागको अशुद्ध रगत सुपेरियर भेनाकाभा हुदै दाँया एट्रियममा पुग्छ र शरीरको तल्लो भागको अशुद्ध रगत इन्फेरियर भेनाकाभा हुदै दाँया एट्रियममा पुग्छ । दाँया एट्रियमबाट अशुद्ध रगत ट्राइकस्पिड भल्भलाई पार गर्दै दाँया भेन्ट्रिकलमा जम्मा हुन्छ । मुटु खुम्चिने बेलामा दाँया भेन्ट्रिकलमा जम्मा भएको रगत पल्मोनरी भल्भलाई पारगर्दै पल्मोनरी आर्टरीमा जान्छ । यसरी शरीरको विभिन्न अंगहरुबाट जम्मा भएको अशुद्ध रगत पल्मोनरी आर्टरी हुदै फोक्सोमा पुग्छ ।

फोक्सोमा अशुद्ध निलो रगत शुद्ध भएर ४ वटा पल्मोनरी भेन हुदै (२ वटा बाँया र २ वटा दाँया पल्मोनरी भेन) मुटुको बाँया भागमा पुग्छ । मुटुका भल्भहरुमा हुने रोगलाई भल्भुलर हार्ट डिजिज भनिन्छ । यसको प्रमुख कारण बाथ मुटुरोग हो । मुटुको मांसपेशी कमजोर भएमा मुटुबाट हुने रगतको पम्पिङ्ग (Pumping) मा कमी आउछ । यस्तो अवस्थालाई हार्ट फेल्योर भनिन्छ ।  मुटुको भित्ताहरुमा प्वाल भयो भने मुटुको एक भागको रगत अर्को भागमा गएर मिसिन्छ । यस्तो अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ ।