Blog

भाइरल फिबर (Viral Fever) ले हुने रुघाखोकीमा सावधानी

blog-detail-img
|
  Jan. 4, 2021
1897
Views

Click here to download mobile App

ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, घाटी दुख्ने, आवाज घोक्रो हुने, रुघा लाग्ने, नाक बन्द हुने, छालामा डाबर आउने, आखा रातो हुने आदि भाइरल फिवरका लक्षणहरु हुन् । भाइरल फिबर आफै  ठीक भइहाल्छ । यस्तो बेलामा आराम गर्ने, प्रशस्त तातो झोल पदार्थ खाने, धुलोमा नजाने, अस्पतालमा संक्रमण भएमा बिरामी नजिक नजाने आदि सावधानी लिनुपर्छ । ज्वरोको लागि पारासिटामोल मात्रै खाने र अरु कुनै पनि औषधिको प्रयोग नगर्नु राम्रो हुन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

भाइरल फिबर केही दिनमा आफै ठीक हुन्छ । त्यसैले रुघाको औषधि वा एन्टीबायोटिकको प्रयोग गर्नु आवश्याक हुदैन । यसको प्रयोगले उल्टै हानी गर्नसक्छ । त्यसैले भाइरल फिबरको शंका भएमा चिकित्सकको परामर्श लिएपछि मात्रै औषधि खाने गर्नुपर्छ । रुखा लागेको दिनदेखि नै एन्टिबायोटिक खानु स्वास्थ्यको लागि नराम्रो हुन्छ । यस्तो धारणा र प्रचलनलाई निरुत्साहित गर्नुपर्छ ।