Blog

मुटु ढुकढुक (Palpitation) के के कारण ले हुन्छ ?

blog-detail-img

मुटु ढुकढुक (Palpitation) के के कारण ले हुन्छ ?

मुटु ढुकढुक हुने कारणहरु

|
  Dec. 15, 2020
47488
Views

Click here to download mobile App

सामान्य अवस्थामा आफ्नो मुटु चलेको मानिसलाई थाहा भईराखेको हुदैन तर जब मुटुको धड्कन आफैलाई अनुभव हुन्छ, त्यसलाई पल्पिटेशन (Palpitation) भनिन्छ पल्पिटेशन सामान्य मानिसलाई पनि हुन्छ सक्छ केहिलेकाँही मुटु तथा अन्य रोगहरुको कारणले पनि मुटु ढुकढुक भएको हुनसक्छ तसर्थ हामीले यसको कारण पत्ता लगाउन जरुरी हुन्छ आत्तिने प्रवृतिका (anxious) मानिसमा धड्कन (Palpitation) को समस्या सबभन्दा बढी देखिन्छ

मुटु ढुकढुक हुने कारणहरु

स्वस्थ व्यक्ति

. ब्यायाम गरेपछि

. डर लाग्दा वा आत्तिएको बेलामा

. सुतेर उठ्दा

. देब्रे तिर फर्केर सुत्दा

. धेरै दुब्लो व्यक्ति

. चिया/कफि धेरै खाने

. सूर्तीको सेवन (गुट्खा, सुपारी)

. मासिकश्राव बन्दभएमा  (Menopausal Symptom)

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

अस्वस्थ व्यक्ति

मुटु कमजोर हुनु

. भल्भको समस्या

. जन्मजात मुटुरोगहरु

. मुटुको चालमा समस्या

. थाइराइड बढी हुने

. अनियन्त्रित रक्तचाप

. मदिरा

. मुटुको रक्तनलीको रोग  (Coronary Artery Disease)

आवश्यक जाँचहरुः

. सि जी

. इको

. होल्टर

. थाइराइड

. हेमोग्लोविन

 

डा. ओम मूर्ति अनिल

http://www.nationalcardiaccentre.com