Blog

किन बढ्छ ढुकढुकी ?

blog-detail-img

किन बढ्छ ढुकढुकी ?

Dr Binod Khadka, National Cardiac Centre, Basundhara

|
  Feb. 23, 2022
14250
Views

Click here to download mobile App

किन बढ्छ ढुकढुकी ? 

२४ सै घण्टा लगातार चलिरहने हाम्रो मुटुको आफ्नै चाल र बेग हुन्छ (६० -१००  प्रति मिनेट), जसलाई सामान्यतया हामीले अनुभव गरिरहेका हुँदैनौं । तर जब यसको चाल र बेगमा कुनै सामान्य अथवा असामान्य कारणले गर्दा परिवर्तन आउँछ तब हामी यसलाई अनुभव गर्दछौं जसलाई सामान्य भाषामा ढुकढुकी बढ्नु अथवा मेडिकल भाषामा पाल्पिटेशन (palpitation)भनेर भन्ने गर्दछौं ।

ढुकढुकी बढनुमा विभिन्न प्रकारका कारणहरू हुने गर्दछन् । कुनै सामान्य कारणहरू हुन सक्छन् भने कुनै रोगहरु पनि यसका कारण बन्न सक्दछन् । तर कारण जे सुकै होस, त्यसलाई भने पत्ता लगाउन अत्यन्तै आवश्यक हुन्छ । जुनसुकै बेलामा पनि मानिसले आफ्नो ढुकढुकी बढेको अनुभव गर्न सक्छ र त्यो  ढुकढुकीको कुनै समयको दायरा हुँदैन। स्वस्थ र अस्वस्थ दुवै मानिसहरुमा केही कारणहरू छन् जसले मुटुको ढुकढुकी बढाउने गर्दछन् जुन निम्न प्रकारका छन् ;

स्वस्थ व्यक्तिमा ढुकढुकी बढाउने कारणहरू :

-सामान्यतया व्यायाम गरेपछि मुटुको ढुकढुकी बढेको अनुभव हुने गर्दछ । डर लागेको बेलामा अथवा आत्तिएको बेलामा पनि ढुकढुकी बढ्ने गर्दछ ।

-देब्रे तिर फर्केर सुत्दा  अथवा सुतेर उठ्‌दा  र धेरै दुब्लो व्यक्तिमा सामान्यतया ढुकढुकी धेरै बढेको अनुभव हुने गर्दछ ।

-चिया/ कफि आदी क्याफिन् (caffeine) भएका पदार्थ धेरै पिउने तथा सूर्तिजन्य पदार्थको  (गुट्खा, सुपारी) सेवन गर्ने व्यक्तिमा पनि ढुकढुकी बढ्ने गर्दछ ।

-मुटुको ढुकढुकी बढ्‌नुमा मासिकश्राव बन्द (मेनोपौज /menopause) हुनु पनि अर्को प्रमुख कारण हो ।

अस्वस्थ व्यक्तिमा ढुकढुकी बढाउने केही प्रमुख कारणहरू निम्न प्रकारका छन् ;

-मुटु कमजोर  हुनु( हार्ट फैलुअर /  Heart failure ) अथवा भल्भको समस्या हुनु ।

-केही जन्मजात मुटुरोगहरू भएको व्यक्तिमा ढुकढुकी बढ़ने गर्दछ ।

-मुटुको चालमा केही समस्या भएमा अथवा थाइराइड हार्मोन बढी भएमा मुटुको धड्कन बढेर ढुकढुकीको अनुभव हुने गर्दछ ।

-जुन व्यक्तिको रक्तचाप अनियन्त्रित छ र जुन व्यक्तिमा मुटुको रक्तनलीको रोग  छ, उनीहरूमा पनि ढुकढुकी बढ़न सक्छ मुटुको ढुकढुकी बढ़ने समस्या भएर आएका बिरामीहरुमा चिकित्सक द्वारा केही जाचहरू गरिन्छ जस्तै;

१) इ.सि.जी. (ECG)

२) इको (ECHO)

३) होल्टर्  (HOLTER) अर्थात २४ घण्टा  मुटुको चालको रेकर्ड गर्नु । 

४) थाइराइड हार्मोनको  जाँच (TFT)

५) हेमोग्लोबिनको मात्राको जाँच (Hemoglobin level) 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

ढुकढुकी बढ्नु एक आफ्नै प्रकारको समस्या हो जस अन्तर्गत केही रोगहरु पर्दछन्

१) PSVT (Paroxysmal supraventricular tachycardia यसमा बिरामीहरुको मुटुको धड्कन अकस्मात १६० देखी २०० प्रती मिनेट पुग्न सक्छ ।
२) AF (Atrial Fibrillation) : अनियमित मुटुको चाल हुनु । 
३) Ectopics : जसमा बिरामीले  मुटुको चाल चल्दा चल्दै रोकिएको अनुभव गर्दछन् |

कुनै रोगबिना बढेको ढुकढुकीलाई खासै केही गर्न पर्दैन तर कुनै रोगको  कारणले गर्दा बढेको ढुकढुकीलाई चिकित्सकले त्यही प्रकारको उपचार गर्ने गर्दछन् | बिरामीहरूले लामो समयसम्म औषधी खानु पर्ने पनि हुन सक्दछ । 

केही त्यस्ता बानीहरू पनि अंगाल्न  सकिन्छ जसले गर्दा बढ्‌न सक्ने ढुकढुकीको समस्यालाई बेलैमा रोक्न वा कम गर्न सकिन्छ जुन निम्न प्रकारका छन् ;

- सुर्तीजन्य पदार्थको सेवन नगर्ने। चिया  कफी धेरै नपिउने |

- रक्सीको सेवन नगर्ने| 

- जति सकिन्छ आफ्नो तनावलाई कम गर्ने र पर्याप्त निन्द्रा पुर्याउने| 

- नियमित व्यायाम गर्ने र स्वस्थ खाने कुरा खाने ।

ढुकढुकीको समस्या भएको ब्यक्तिले सम्बन्धित बिषयको चिकित्सकलाई भेटेर आवश्यक जांच गरी सामान्य वा असामान्य कारण यकिन गरी अनावश्यक मानसिक बोझबाट मुक्त हुन सक्दछन् र साचिकै मुटुरोग हो भने समयमै उपचार गरेर निको हुन सकिन्छ ।

- डा. बिनोद खड्का 
मेडिकल अफिसर , National Cardiac Centre

Basundhara