Blog

मांसाहारी खाना कसरी खादा राम्रो हुन्छ

blog-detail-img
|
  March 2, 2021
21764
Views

Click here to download mobile App

 

मान्साहारी खाना धेरै खाएमा के के असर हुनसक्छ

मांसाहारी ब्यक्तिको तौल बढी हुन्छ । जसले गर्दा मधुमेह, उच्च रक्तचाप, बढी कोलेस्ट्रोल जस्ता रोग लाग्ने गर्छ । मांसाहारी मानिसलाई आन्द्रालगायत अरू क्यान्सरको पनि उच्च जोखिम हुन्छ । मांसाहारीलाई मुटुरोगको सम्भावना पनि बढी हुन्छ । वैज्ञानिक रूपमा हेर्दा मांसाहारमा कार्बोहाइड्रेट कम हुन्छ । प्रोटिन र मिनरल्सको मात्रा बढी हुन्छ । यी दुवै फाइदाजनक छ । तर, हुर्कंदै गरेका कुपोषित बच्चाहरूका लागि मात्र यस्तो कुरा महत्वपूर्ण हुन्छ । स्वस्थ व्यक्तिका लागि भने मासु खानैपर्ने बाध्यता चाहि छैन । किनकि, यसमा बोसोको मात्रा बढी हुन्छ । जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

मांसाहारीमा ओभर न्युट्रिसनको समस्या हुन्छ, जसले दूरगामी असर पार्छ । अहिलेको अवस्थामा हाम्रो शरीरलाई फाइबरको आवश्यकता निकै बढी हुन्छ । यसले कोलेस्ट्रोल घटाउने काम गर्छ । तर, फाइबर मासुबाट पाइँदैन । एउटा मात्र कुरा के भने मासुमा भिटामिन बी–१२ को मात्रा हुन्छ । जुन शाकाहारीबाट पाइँदैन । यो तत्वले नसासम्बन्धी समस्या निम्त्याउँछ । तर, सबै शाकाहारी  भोजनमा भिटामिन बी–१२ हुँदैन भन्नेचाहिँ होइन ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

मासु  कसरी खाने ? 
आफ्नो शरीरको अवस्था के छ र मासुबाट के–के तत्व पाइन्छ भन्ने कुरालाई ध्यानमा राखेर मासुको प्रयोग गर्नुपर्छ । मासु आफैँमा हानिकारक भए तापनि धेरैले अत्यधिक प्रयोग गरिरहेका हुन्छन् । यदि खाइहाल्ने हो भने हप्तामा एक दिनभन्दा बढी खानु राम्रो होइन । र, त्यसको परिमाणमा पनि ध्यान दिन जरुरी हुन्छ ।

मासु किन्दा यसको क्वालिटीको विषयमा विशेष ध्यान दिनुपर्छ । एकदमै कम बोसो भएको मासु मात्र प्रयोग गर्नुपर्छ । मासु लिएपछि पकाउने कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । नत्र शरीरलाई हानि पुर्याउछ । डिप फ्रिजमा राखिएको ससेस, मःमजस्ता प्रोसेस्ड मिट खानेको संख्या पनि ठूलो छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ ।  

ग्रिल, बेकिङ गरेर र माइक्रो ओभनमा पकाउँदा असर पनि कम गर्छ । मासुमा प्रयोग गर्ने तेलको मात्रालाई पनि विशेष ध्यान दिनुपर्छ । मासु आफैँमा बोसो हुने भएकाले राखेको थप तेलले असर गर्छ । कहिल्यै पनि मासु मात्र प्रयोग गर्नुहुँदैन । त्यसको साथमा फाइबरयुक्त सलाद, सागलगायतको पनि सँगै प्रयोग गर्न जरुरी हुन्छ ।सकेसम्म रेस्टुरेन्टमा तयार पारेको मासुको प्रयोग गर्नुहुँदैन । रेस्टुरेन्टमा पाकेका खाना स्वस्थभन्दा पनि स्वादलाई ध्यानमा राखेर तयार पारिएको हुन्छ । जसले नराम्रो असर पुर्याउछ ।

रेड मिटको प्रयोग सकेसम्म गर्नुहुँदैन । यदि गर्ने नै मन भए महिनामा एकपटक वा निकै कम प्रयोग गर्नुपर्छ । खसी, राँगा लगायतमा रेड मिट हुन्छ र यसमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । धेरैलाई लाग्छ कि चिकेन ह्वाइट मिट हो र यसले कोलेस्ट्रोल बढाउँदैन, जुन गलत हो । यसमा पनि फ्याट हुन्छ । अन्डाको पहेँलो भागमा अत्यधिक कोलेस्ट्रोलको मात्रा हुन्छ । त्यसैले यसको पनि बढी प्रयोग गर्नुहुँदैन ।

माछाबाट अनस्याचुरेटेड फ्याट पाइन्छ, जसले मुटु र मोटोपनमा असर गर्दैन । यसले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । तर, यसलाई डिप फ्राई गरेर प्रयोग गर्दा भने यसको अनस्याचुरेटेड फ्याट नष्ट हुन्छ र स्वास्थ्यमा असर पुर्याउछ ।

उच्च रक्तचाप, मधुमेहका रोगीले मासुको प्रयोग नै नगर्दा वा निकै कम गर्दा राम्रो । त्यसैले हामीले स्वाद र स्वास्थ्यलाई सन्तुलनमा राखेर खानु जरुरी हुन्छ ।