Blog

कती सम्म मदिराको सेवन सुरक्षित ?

blog-detail-img

कती सम्म मदिराको सेवन सुरक्षित ?

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Feb. 12, 2021
20309
Views

Click here to download mobile App

हिजोआज मदिराको सेवन जुनसुकै समाजमा पनि वढदै गईरहेको देखिन्छ । आजभोलि मदिराको सेवनको लत कम उमेरका नवयुवकहरुमा समेत बढ्दै जानु अत्यन्तै चिन्ताको विषय हो । मदिराको सेवनलाई वैज्ञानिक आधारले बिल्कुलै गलत भन्न त मिल्दैन, तर पनि अत्यधिक मदिरा सेवन निश्चय नै हानिकारक हुन्छ । मदिरा सेवन गर्नेलाई यसको सीमा थाहा हुनुपर्छ । अर्थात एउटा स्वस्थ व्यक्तिले प्रतिदिन वढीमा कति मात्रा मदिरा प्रयोग गर्न हुन्छ, सो को जानकारी  हुनुपर्छ । 

एउटा पुरुषले प्रतिदिन २ ड्रिंक्स भन्दा बढी र महिलाले १ ड्रिंक भन्दा बढी मदिराको सेवन गर्नु हुदैन । जस्तै २५० मि.लि. बियर, १०० मि.लि. वाइन, २५ मि.लि. व्हीस्की मा १ ड्रिंक वा युनिट अल्कोहल पाइन्छ । मदिराको १ ड्रिंक वा युनिटमा १० ग्राम अल्कोहल हुन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

तसर्थ पहिले कुन मदिरामा कति अल्कोहल छ, त्यो पत्ता लगाउनु पर्छ । जस्तै वियरमा ६ देखि १५ प्रतिशसम्म ब्राण्ड अनुसार फरक फरक अल्कोहल हुनसक्छ । व्हीस्कि वा रम मा ३५ देखि ४५ प्रतिशतसम्म अल्कोहल पाइन्छ । यसरी सजिलैसंग आफुले प्रयोग गर्ने मदिरामा कति अल्कोहल छ, पत्तालगाउन सकिन्छ ।  यो विधिबाट कति भन्दा बढी मदिरा सेवन गर्नु हुदैन, सजिलै पत्ता लगाउन सकिन्छ ।

जस्तैः२०० मि.लि. मदिरामा, १० प्रतिशत अल्कोहलको मात्रा छ भने, उक्त मदिरामा जम्मा २०० X १० % = २०० X १०  / १०० = २० ग्राम अल्कोहल

त्यो भन्नाले २ ड्रिंक्स हुन्छ । अर्थात १० प्रतिशत अल्कोहल भएको बियर एउटा पुरुषले २०० मि.लि. प्रयोग गर्नु भनेको २ ड्रिंक्स हो । एउटा स्वस्थ ब्यक्तिले बढीमा (१० प्रतिशत अल्कोहल भएको) २०० मि.लि.बियर मात्र १ दिनमा  प्रयोग गर्न सक्दछ ।  

१.    एउटा स्वस्थ मानिसले पनि मदिराको सेवन नगर्दा राम्रो हुन्छ ।

२.    स्वस्थ मानिसले प्रतिदिन २ युनिट (२० ग्राम) भन्दा बढी अल्कोहल सेवन गर्नुहुदैन ।

३.    एउटी महिलाले प्रतिदिन १ युनिट (१० ग्राम) भन्दा बढी अल्कोहल सेवन गर्नुहुदैंन ।

४.     मुटु र कलेजोको रोगीले मदिरा सेवन गर्नुहुदैन र आफ्नो डाक्टर सग यसको  बारेमा परामर्श नलिकन अलिकति पनि अल्कोहल सेवन गर्नुहुदैन ।

५.    उच्च रक्तचाप र मधुमेहका रोगीहरुले मदिरा सेवनगर्नु अगाडि आफ्नो डाक्टरसग परामर्श लिनुपर्छ ।

६.    मदिराहरु मध्ये (Red wine) लाई राम्रो मानिन्छ तर यसको प्रयोग पनि नियन्त्रित नै हुनुपर्छ ।