Blog

मोटोपनाका प्रमुख कारणहरु

blog-detail-img

मोटोपनाका प्रमुख कारणहरु

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 4, 2021
2004
Views

Click here to download mobile App

यदि तपाई धेरै खानुहुन्छ र प्रयाप्त शारीरिक गतिविधि गर्नुहुन्न भन्ने, खानाबाट प्राप्त क्यालोरी खर्च नभएर बोसोको रुपमा शरीरमा जम्मा हुनथाल्छ । यस्तो भएमा तपाईं मोटो हुन थाल्नुहुन्छ । मोटोपना धेरै रोगहरुको कारण हुनसक्छ । बैज्ञानिक तथ्यहरुको आधारमा मोटोपनालाई आजभोलि एउटा रोग नै मानिन थालिएको छ । मोटोपनाले उच्च रक्तचाप, मधुमेह, र उच्च कोलेस्ट्रोल जस्ता रिस्क फैक्टर्सहरुको सृजना गरेर ह्दयाघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु निम्त्याउन सक्छ । त्यसैले यदि तपाईको परिवारको कुनै सदस्य मोटो हुनुहुन्छ भने खानपिन सहितको जीवनशैलीमा परिवर्तन गरी तौल घटाउन सल्लाह दिनुपर्दछ ।

मोटोपनाका प्रमुख कारणहरु 

मोटोपनाका विविध कारणहरु मध्ये अस्वस्थ आहारको अत्यधिक सेवन र शारीरिक गतिविधिमा कमी नै प्रमुख  हुन् । प्रशस्त मात्रामा खाना खाने तर शारीरिक गतिविधि कम गर्ने भएमा हाम्रो शरीरमा खानाबाट प्राप्त हुने क्यालोरी बोसोको रुपमा जम्मा हुनथाल्छ । बोसो विशेष गरेर छालामुनि र पेटमा जम्मा हुन्छ । गुलियो र चिल्लो खानामा क्यालोरी बढी हुने भएकोले यस्तो खाना खानेहरु

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

लाई मोटोपना हुने सम्भावना बढी हुन्छ । खानपिन बाहेक वंशानुगत कारणले पनि मोटोपना निम्त्याउन सक्छ । कहिलेकाही थाइराइड हार्मोनको कमीले पनि मोटोपना हुनसक्छ । 

 

व्यवहारिकतामा मोटोपनाका प्रमुख कारणहरु खाने बानी, शारीरिक गतिविधिमा कमी र वंशानुगत कारण नै हुन् । फास्टफूडको बढ्दो लोकप्रियताले पनि मोटोपनाको महामारी फैलाएको हुनसक्छ । फास्टफुडमा शरीरलाई हानि गर्ने लगभग सम्पूर्ण तत्वहरु मिसाइएको हुन्छ । अर्को अर्थमा फास्टफूड  भनेको हामीलाई अस्वस्थ बनाउने एउटा षडयन्त्र हो जसमा चिनी, बोसो र नुनले प्रमुख भूमिका खेलेको हुन्छ ।

मोटोपनाको प्रकोप

मोटोपनालाई धेरै रोगको जड्को रुपमा मानिन्छ । मोटोपना भएमा उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल हुने सम्भावना बढी हुन्छ । मोटोपना आफैमा ह्दयाघात र मस्तिष्कघातको एउटा प्रमुख कारणको रुपमा पनि चिनिन्छ । मोटोपनाले बाझोपना, जोर्नीको समस्या, पेटको समस्या, स्वास्वाहुने र खुट्टा सुन्निने आदि समस्या पनि सृजना गर्नसक्छ ।  

यो पनि पढ्नुहोस्

मोटोपना भएको कसरी थाहा पाउने?