Blog

मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्

blog-detail-img

मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 4, 2021
59388
Views

Click here to download mobile App

के के खाना मा ट्रान्स फ्याट बढी पाईन्छ , मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्

  • बनस्पती घ्यु    
  • केक , पेस्ट्री ,पाइ   
  •  क्रिम 
  •  पीजा , बर्गर ,सैन्ड्विच    
  •  बिस्कुट, कूकिज ,क्रेकर    
  • चोक्लेट 
  •  डुनट 
  •  पोप्कोर्न 
  •  क्रिम कैन्डी 
  •  तालेको (Fried) फास्ट फुड 
  •  फ्रेन्च फ्राइ 
  •  फ्रोजेन फुडस 

खानामा ट्रान्स फ्याट बढी भएमा हार्ट अटेक र ब्लोकेजको सम्भावना बढी हुन्छ, ट्रान्स फ्याट अत्यधिक हानिकारक फ्याट हो। यस्को बारेमा राम्ररी थाहा पाउनु होस् - 

हाम्रो दैनिक खानामा ट्रान्स फ्याटको मात्रा एक प्रतिशत भन्दा कम हुनुपर्छ । हामीले बजारमा किन्ने प्रत्येक खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेर्ने गर्नुपर्छ र ट्रान्स फ्याटको मात्रा प्रष्ट सग नलेखिएको खानेकुरा सकेसम्म किन्नु हुदैन ।  वनस्पति घ्यूमा ट्रान्स फ्याटको मात्रा अत्यन्तै बढी हुन्छ । कुनैकुनै  वनस्पति घ्यूमा ५० प्रतिशतसम्म ट्रान्स फ्याट भएको पाइन्छ । वनस्पति घ्यू सस्तो भएकोले शुद्ध घ्यूको सट्टामा बढी प्रयोग हुनेगर्छ । रेष्टुरेण्टहरुमा यसको प्रशस्त प्रयोग भएको पाइन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

फास्टफुडहरु यस्तै घ्यूमा बनाइएको हुन्छ । यस्तो खानाको  स्वाद राम्रो हुने, बढी  बिक्रि हुने र हेर्नमा आकर्षक देखिने हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने यस्ता खानाहरु अत्यन्तै हानिकारक हुन्छन् । यस्ता खानामा पाइने ट्रान्स फ्याट र सैचुरेटेड फ्याटले हाम्रो शरीरमा कोलेस्ट्रोलको समन्वयलाई बिगारेर ह्दयाघात जस्ता प्राणघातक रोगको उत्पत्ति गर्नसक्छ ।हामीले खाने कुरा किन्ने बेलामा र खाने बेलामा अलिकति बिचार गर्नुपर्ने जरुरी देखिन्छ ।

यो खानामा सैचुरेटेड फ्याट र ट्रान्स फ्याटको मात्रा कति होला, कस्तो तेल वा घ्यूको प्रयोग भएको होला, प्रिजरभेटिभको प्रयोग भएको छ कि छैन् जस्ता कुराहरु बिचार गर्नुपर्छ ।  केही नसोची यस्ता खानेकुरा निर्घक्क सग प्रयोग गर्नु असामयिक स्वास्थ्य दुर्घटनाको लागि बाटो खोलिदिनु हो ।  ट्रान्स फ्याट पनि एक प्रकारको अनसैचुरेटेड फ्याट नै हो, तर यसले नराम्रो कोलेस्ट्रोल LDL लाई बढाउ“छ र राम्रो कोलेस्ट्रोल HDL लाई घटाउछ । यसले नराम्रो कोलेस्ट्रोललाई मुटुको रक्तनलीमा थुपारेर Coronary artery disease हुने सम्भावना बढाउँछ ।

ट्रान्स फ्याट सैचुरेटेड एनिमल फ्याट भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा Blockage बन्ने संभावना पनि बढाउँछ । बजारमा पाइने धेरैजसो खानेकुरामा ट्रान्स फ्याटको मात्रा धेरै हुनसक्छ । विशेष गरेर फास्ट food , फ्रोजेन food  र प्रोसेस्ड food,  यसको मात्रा बढी भएको पाइन्छ । खानेकुरा किन्ने बेलामा ट्रान्स फ्याटको मात्राको बारेमा जानकारी राख्नु जरुरी हुन्छ