Blog

होल बडी चेकअप: भ्रम र यथार्थ

blog-detail-img
blog-detail-img

होल बडी चेकअप: भ्रम र यथार्थ

‘हेल्थ स्क्रिनिङ’मा के–के जाँच गर्न जरुरी हुन्छ

|
  Dec. 2, 2024
30580
Views

होल बडी चेकअप (हेल्थ स्क्रिनिङ्ग) गर्नु अगाडि केहि कुरा बुझ्न जरुरी हुन्छ एउटा स्वस्थ्य व्यक्तिकालागि विज्ञानले प्रमाणित गरेको जाँचहरुमात्र गर्न आवश्यक हुन्छ किनकी सम्पूर्ण अंगहरुको जाँच गर्न सम्भव हुदैन आवश्यक पनि मानिदैन यसो गरेमा अनावश्यक खर्च जटिलता उत्पन्न हुन सक्छ

आम मानिसले होलबडी चेकअपको भाष्यलाई परिमार्जन गर्दै हेल्थ स्क्रिनिङ्गका बारेमा बुझ्नुपर्दछ रोग लाग्नु भन्दा अगाडी मानव अंगहरुको अवस्था बुझ्नका निम्ति गरिने केहि निश्चित जाँचहरुलाई चिकित्सकिय भाषामा हेल्थ स्क्रिनिङ्ग भनिन्छ हेल्थ स्क्रिनिङ्गलाई आम मानिसको विचमा होलबडी चेकअपको नामले प्रचलित भएको देखिन्छ

होलबडी चेकअपको वेफाइदाः

अपर्याप्त अनावश्यक जाँच समावेश गरि तयार गरिएका प्याकेज अनुसार जाँच गराउदा आम मानिसमा मेरो सबै कुरा ठिक स्वस्थ्य छु भन्ने भ्रम सिर्जना हुन सक्छ अर्को तिर आवश्यक जाँच नगर्दा शरिर भित्र लुकेका रोगको बारे जानकारी नहुन सक्छ अनावश्यक जाँच गराउदा रिपोर्टमा केहि समस्या देखिए थप जाँच गराउन पर्ने हुन सक्छ त्यसबाट पनि खर्च थपिन जान्छ तसर्थ विशेषज्ञ चिकित्सकको परामर्श विना भएको जाँचमा नभएको रोगको उपचार गराउनुको साटो चिकित्सकको परामर्शमै जाँचहरु गराउन उत्तम हुन्छ

हेल्थ स्क्रिनिङ्गको फाइदाः

नियमित स्वास्थ्य जाँचले दीर्घ जीवन प्रदान गर्छ किनकी प्रारम्भिक अवस्थामा नै रोग पत्ता लाग्दा सजिलै रोगलाई नियन्त्रण गर्न सकिन्छ कम खर्चमै उपचार सम्भव हुन्छ यस बाट व्यक्तिमा एउटा आत्मविश्वास सिर्जना हुनुका साथै व्यक्तिलाई विभिन्न कोणबाट मद्धत गरेको हुन्छ   

प्याकेजमा जाँच गर्ने कि नगर्ने

पक्कै पनि हेल्थ स्क्रिनिङ प्याकेजमा जाँच गराउँदा अन्य बेलामा भन्दा सस्तो हुन्छ त्यसैले गर्न मिल्छ तर, त्यस्तो प्याकेजमा व्यक्तिलाई आवश्यक जाँच समावेश कि छैन भन्ने कुरामा चाहिँ ध्यान दिनु जरुरी हुन्छ

हेल्थ स्क्रिनिङमा केके जाँच गर्न जरुरी हुन्छ ?

सुगर (Sugar),  लिपिड प्रोफाइल (Lipid Profile), सीबीसी (CBC), किड्नी फङ्गसन टेस्ट (RFT), लिभर फङ्गसन टेस्ट (LFT), युरिन (Urine RE), थाइराइड फङ्गसन टेस्ट (TFT), छातीको एक्सरे (Chest X–Ray), ईसीजी (ECG), पेटको भिडियो एक्सरे (USG Abdomen/Pelvis), इलेक्ट्रोलाइट्स (Electrolytes Na+ k), युरिक एसिड (Uric Acid)

व्यक्तिको अवस्था हेरेर  गरिने जाँच:

इको (ECHO), भिटामिन्स (Vitamin D & B12), क्यान्सरको जोखिम हेर्न महिलामा मेमोग्राम र प्याप स्मेयर (Mammogram/ PAP Smear) । पुरुषमा प्रोस्टेट (Prostate) ठुलो आन्द्राको जाँच उमेर अन्य जोखिमलाई विचार गरेर गरिन्छ

नेशनल कार्डियक सेन्टरको हेल्थ स्क्रिनिङ प्याकेजका विशेषताहरूः

नेशनल कार्डियक सेन्टर (एनसीसी)ले आमसर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यलेहेल्थ स्क्रिनिङ प्याकेजल्याएको हो यो प्याकेज शहरी क्षेत्रमा वसोवास गर्ने तनावपूर्ण जीवनशैली व्यतित गर्ने वयस्कलाई लक्षित गरेर तयार पारिएको हो आजभोली देखिने गरेका विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गरी विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार यो प्याकेज तयार गरिएको हो जसमा अधिकांश जाँच जुनसुकै उमेर लिङ्गका व्यक्तिका लागि आवश्यक मानिन्छ

नेशनल कार्डियक सेन्टरले स्तरीय प्रयोनशाला आधुनिक मेसिनको मद्धतले विशेषज्ञ चिकित्सकको निगरानीमा स्वास्थ्य जाँचहरु शान्त वातावरणमा छोटो समयमै जाँच सम्पन्न गर्ने लक्ष्य लिएको

नेशनल कार्डियक सेन्टरको कार्डियक एण्ड जनरल हेल्थ स्क्रिनिङ्ग प्याकेजमा निम्न जाँचहरु समावेश गरिएको बिरामीको सहजतालाई ध्यानमा राखेर विरामीले चाहेको बेला चेकअपको व्यवस्था गरेको।  नाम दर्ताकोलागि मोबाइल नम्बर 9767232468

प्याकेजमा विशेषज्ञ डाक्टरको परामर्ष सहित १५६०० पर्ने जाँचहरु ७७००मा उपलब्ध छ ।