Blog

स्वस्थ आहार (Healthy Diet) भन्नाले के बुझिन्छ ?

blog-detail-img

स्वस्थ आहार (Healthy Diet) भन्नाले के बुझिन्छ ?

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Dec. 28, 2020
8464
Views

Click here to download mobile App

शरीरलाई  फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भन्निछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरुलाई स्वस्थ आहार मानिन्छ । जस्तैः हरियो सागसब्जी, फलफुल र रेसादार खानेकुराहरु  । 

यस्ता  खानेकुराहरुलाई  जति प्राकृतिक रुपमा खान सकिन्छ, त्यति नै लाभकारी हुन्छ । 

नुन, चिनी र चिल्लो हालेर पकाइएको साजसब्जी वा फलफुल फाइदाकारक नहुन सक्छ । प्राकृतिक खानेकुराहरुलाई सकेसम्म ताजा अवस्थामै वा फ्रिजमा राखेको अवस्थामा खानु राम्रो हुन्छ । 

यस्ता खानेकुराहरुलाई धेरै बेर सम्म भुटेर, उमालेर वा तारेर प्रयोग गरेमा  यसमा भएको भिटामिन र मिनेरल नष्ट भएर जान्छ । उल्टै यस्ता खाना शरीरकोलागि हानिकारक पनि हुनसक्छ । 

 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

खानामा गुलियो, चिल्लो र नुनको मात्रा कम हुनु स्वस्थ आहारको मुलभुत आवश्यकता हो ।

स्वस्थ आहारका ६ वटा प्रमुख पक्षहरु हुन्छन् । स्वस्थ आहारको बारेमा बुभ्न सबभन्दा पहिला अस्वस्थ आहारको बारेमा बुभ्नु जरुरी हुन्छ । 

खानामा अस्वस्थ आहार नहुनु नै स्वस्थ आहारको पहिलो आवश्यकता बुभ्न सकिन्छ । जस्तै कम गुलियो, कम नुनिलो र कम चिल्लो खानालाई स्वस्थ आहार भन्न मिल्छ । साथै साग सब्जी, फलफुल र रेसादार खानाको प्रशस्त प्रयोग स्वस्थ आहारको अर्को महत्वपूर्ण पक्ष हो ।