Blog

कति दिनको फरकमा BP जाँच्ने

blog-detail-img

कति दिनको फरकमा BP जाँच्ने

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Feb. 17, 2022
2530
Views

Click here to download mobile App

कति दिनको फरकमा BP जाँच्ने
कुन बिरामीले कति दिनको फरकमा BP नाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन । अध्ययन र अनुभवको आधारमा, म आफ्नो बिरामीलाई निम्नानुसार BP नाप्न सल्लाह दिन्छु । BP धेरै चाँडो चाँडो नाप्दा अनावश्यक पीर पर्ने (Anxiety) हुनसक्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

धेरै दिनको फरकमा नाप्यो भन्ने, BP नियन्त्रणमा छ कि छैन थाहा नहुनसक्छ । त्यसैले एउटा निश्चित समयमा BP नाप्नु जरुरी हुन्छ । चाँडै आत्तिने (Anxiety र Overconcern) मानसिकता भएका व्यक्तिहरुले धेरै चाँडो चाँडो BP नाप्दा झन आत्तिने र ब्यर्थको चिन्ता हुनसक्छ ।