Blog

उच्च रक्तचापको कस्तो कस्तो लक्षण हुनसक्छ ?

blog-detail-img
blog-detail-img
|
  March 2, 2022
14351
Views

सामान्यतया उच्च रक्तचापको केही लक्षण हुँदैन । उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । BP अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको को पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी (heaviness) हुने वा अलिअलि दुख्ने हुनसक्छ ।

कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्याहरु देखा पर्न सक्छन् । कहिलेकाँही उच्च रक्तचापको कारणले अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न | लक्षणहरु देखापर्न सक्छ । केही बिरामीलाई मस्तिष्कघात, हृदयाघात वा मृगौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ ।

लामो समय देखी बिरामी हरु सँग को अन्तर्कृयाको आधार मा उच रक्तचाप का बिरामी ले फरक फरक प्रकार का लक्षण हरु देखाउने गरेका पाए । 

1. टाउको दुख्नु वा भारी महसुस हुनु

2. रिंगटा लाग्नु

3. हिंडदा स्वाँस्वाँ हुनु

4. खुट्टा वा अनुहार सुन्निनु

5. नाकबाट रगत बग्नु

6. मुख सुक्नु, थुक निल्न गार्हो  हुनु

7. हिडदा मुटु ढुकढुक हुनु

8. छातीमा असजिलो हुनु।

9. सजिलै मन आत्तिनु

10. डर लाग्नु

11. तनाव सहन नसक्नु

12. ठूलो आवाज बाट तर्सिनु

13. आँखा रातो हुनु ( रगत देखिनु, Subconjunctival hemorrhage)

14. कमजोरी लाग्नु  ( weakness)

15. जिउ हुत्तिनु (feeling of imbalance)