Blog

हृदयघातको कस्तो लक्षणले झुक्याउन सक्छ जानी राखौँ

blog-detail-img
|
  Feb. 25, 2022
14677
Views

६० बर्षको एकजना पुरुष उच्चरक्तचाप र कोलेस्ट्रोल बिरामीलाई एकदिन अगाडि ग्यास्ट्रीक जस्तो लक्षण देखिएको थियो तर हिड्दा खेरि पसिना आउने र थकाइ लाग्ने पनि थियो । उहाले नजचाएको धेरै भएकाले एक चोटि मुटुको उपचार गराउन आउनु भयो र हामीले उहाँमा हृदयघात भएको लक्षण देख्यौँ ।

कहिलेकाहीँ बिरामीलाई हृदयघातको लक्षण हुन्छ तर उहाँहरुलाई लाग्दैन कि यो हृदयघातको लक्षण हो र जसको कारण धेरै जना घरमै बस्छन् र समयमै उपचार नपाएको कारणले धेरैलाई दुर्घटना भएको पनि हामीले देख्यौँ ।

यो  लेख ध्यान दिएर पढ्नुभयो भने केही लक्षणहरु हामी छुट्याउन सक्छौं ।

१. छातीमा अप्ठ्यारो कम हुनु: हृदयघातमा एकदमै बेस्सरी छाती दुख्नु/छट्पटाउने किसिमको लक्षण हुनुपर्छ भन्ने सोचाइ धेरैको हुन्छ तर सधै त्यस्तो हुँदैन। हृदयघातमा छाती दुख्ने तिब्रता एकदम कम पनि हुनसक्छ अर्थात अलिअलि मात्र दुख्ने हुनसक्छ र जसलाई एउटा व्यक्तीले नजरअन्दाज गर्न सक्छ । यही  प्रमुख कारण होकि धेरैजानालाइ हृदयघात भएर पनि घरमै बसेका हुन्छन् ।

त्यसैले छातीको दुखाइ, जुन छातीको बीचभागमा अलिअलि पनि दबाब/थिचेको जस्तो मन्द-मन्द दुखेपनी त्यसलाई मुटुको  समस्या हुनसक्छ भनेर हामिले संका गर्नुपर्छ, बेस्सरी दुखेर मात्र त्यसलाई हृदयघात हुन्छ भन्ने होइन ।

२. दुखाइ बिचबिचमा घटने/बढ़ने: धेरैलाई छाती दुख्ने /अप्ठ्यारो हुने हुन्छ र उहाहरुले मुटुरोगको शंकापनी गर्नुहुन्छ, तर बिचबिचमा त्यो लक्षणहरु घटिहाल्छ वा एकछिनको लागि ठिकपनि भइहाल्छ र यो हार्टको समस्या होइन, आराम भयो भनेर झुक्किनु हुन्छ ।

प्राय हृदयघातको केसमा बिरामीलाई लक्षणको तिब्रता तलमाथी हुन्छ । अर्थात् एकछिन राम्रो भएजस्तो हुन्छ र फेरि बिरामीलाई च्याप्न थालछ। त्यसैले  बिचबिचमा लक्षण कम हुनु वा हराउनु त्यो राम्रो संकेत होइन । त्यो भनेको समस्या चाहि भित्र रैछ बुझ्नु पर्छ ।  बिचबिचमा दुखाइ हरायो, आउने जाने भयो भने त्यो हृदयघातको लक्षण भनेर बुझ्नु पर्छ। कहिले काही छाती नदुखे पनि ब्यक्तीलाई हृदयघात हुनसक्छ ।

अब यो भन्दा अलिक डरलाग्दो लाग्छ तर कोहि कोहि व्यक्तिले छाती दुखेको महशुस गर्नु हुन्न जस्तै वृद्ध मान्छेहरुले, मधुमेहको बिरामि, क्यान्सरको बिरामीलाई छाती नदुखेर पनि हृदयघात हुन्छ । त्यो छाती नदुखेको होइन, उहाँहरुले त्यो छाती दुखेको अनुभव गर्न नसकेको हो । 

छाती नदुखेको केशमा पनि अन्य  लक्षणहरु हुन्छन ।  

३. अन्य लक्षण : अन्य लक्षणहरु जस्तै पसिना आउने, वाकवाकि लाग्ने , हात तिर अप्ठ्यारो हुने, माथिल्लो पेट दुख्ने, घाटी दुख्ने जस्ता लक्षण छ भने छाती नदुखे पनि हृदयघात हुनसक्छ। कसैको छाती नदुखेर माथिल्लो पेट, नाइटो भन्दा माथी दुख्न सक्छ र त्यो पनि हृदयघातको लक्षण हुनसक्छ र यस्तो  अवस्थामा धेरै जना पेटको समस्या भनेर बस्न सक्छन् तर यस्तो बेलामा हामीले ध्यान दिनुपर्छ कि अरु लक्षणहरु छ कि छैन, अन्य हृदयघातका लक्षण छैन र  पेटमा मात्र समस्या छ भने पेट संबंधित हुने सम्भावना हुन्छ। यसरी हामी छुट्टाउन  सक्छौ।

माथीको केशमा कमजोरी थकाइ लाग्ने थियो र जब मुटुले काम राम्ररी नगर्दा बिरामिलाइ कमजोरी /थकाइ लाग्ने हुन्छ । कमजोरी र थकाइ लाग्नुको अरुपनी धेरै कारणहरु छन् । त्यसैले  हामी मुटुको समस्या हो भन्ने सोच्दैनौ अरु कारण सोच्छौ तर अनायास एउटा सामान्य व्यक्तीलाइ सहजै अचानक थकाइ लाग्ने भाईरहेको छ  भने उसलाई संकाको दृस्ठिले हेर्नुपर्छ । यदी अरु लक्षणहरु छन् भने मुटुको समस्या हो भन्ने सोच्नु पर्छ । कमजोरी लाग्ने, थकाइ लाग्ने, बि.पि तलमाथि भएर पनि हुन्छ, मुटुको धडकन घटेर पनि हुन्छ र मुटु रोगको लक्षण पनि हुनसक्छ | त्यसैले यस्तो लक्षणहरु आउँछ भने हामी अलिक सचेत हुन जरुरी हुन्छ |

४ . ग्यास्टिक संग धेरै झुकिन्छनः धेरैलाइ माथिल्लो पेटमा छातीमा अप्ठ्यारो भएपछी डकार आउछ र डकार आएपछी त्यो अप्ठ्यारो कम भएको देखिन्छ र उहाँहरुलाई लाग्छकि यो ग्यास्ट्रिको समस्या हो | धेरै ब्यक्तीलाई छातीमा अप्ठ्यारो भएपछि / पोल्न थाले पछि ग्यास्ट्रिक भनेर औषधि पनि खान्छन र त्यो औषधि खाएपछि अलिक सजिलो भए जस्तो हुन्छ र ग्यास्ट्रिक भनेर बस्नु हुन्छ तर कहिले काहिँ ग्यास्ट्रिक नभएर हृदयघात भएको हुन्छ र यो छुट्याउनु प्रमुख तरिका के हो भने तपाईले ग्यास्ट्रिक औषधि खाएर पुर्ण रुपमा हरायो भने ग्यास्ट्रिकको समस्या हो तर पुरै हराएन, कम मात्र भयो भने मुटुको संभावना हुन सक्छ | यस्तो बेलामा हामीलाई अरु लक्षणहरु माथी छलफल गरिए जस्तै अरु हृदयघातका लक्षण छन् कि छैनन् भनेर बिचार गर्न जरुरी हुन्छ |

जुन व्यक्तिलाई मुटु रोगको जोखिमहरु बढी छ जस्तै मधुमेह, चुरोट, ब्लड प्रेसर, कोलेस्ट्रोल, बंशगत उमेर ५० भन्दा बढी उहाहरुले माथी भनिएका लक्षणहरु भयो भने पनि मुटुको हो कि होइन सचेत बस्नु पर्छ र नजिकको मेडिकलमा गएर कम्तीमा डाक्टरलाई देखाएर ECG गर्न जरुरी हुन्छ र यस्तो गर्दा मुटुको समस्या हो कि होइन प्रष्ट भइहाल्छ तर तपाईलाई अलिअलि भ्रम लक्षणहरु छन् र तपाई झुकिएर घरमै बस्नुभो भने यस्ले दुर्घटना गर्नसक्छ 

त्यसैले कहिलेकाही दुर्लभ लक्षणहरुको बारेमा पनि अलिक सचेत हुनुपर्छ। हृदयघातको संकाहुनसाथ ३०० मि.ग्रा. को एस्प्रीन (इकोस्प्रीन) औषधि ढिलो नगरीकन अस्पताल पुग्नु अगावै घरमै पनि खान सकिन्छ ।