Blog

CAD मा टि.एम्.टि र एन्जियोग्राफि जाँचको आवश्यकता र महत्व

blog-detail-img
|
  April 15, 2022
528
Views

टि.एम.टी. जाँच

छाती दुख्ने र अन्य लक्षणहरु कोरोनरी आर्टरी डिजिजसँग मिल्दो जुल्दो छ भने, टि.एम.टी. जाँच गर्नुपर्ने हुन्छ । टि.एम.टी. निगेटिभ (Negative -ve) भनेको ब्लोकेजको शंका नभएको बुझिन्छ, त्यसैगरी पोजिटिभ (Positive +ve) भनेको ब्लोकेजको शंका भएको बुझिन्छ । टि.एम.टी. पोजिटिभ भएमा एन्जिओग्राफी गर्नुपर्ने हुन्छ ।
यो जाँचमा बिरामीले ट्रेड मिलमा लगभग १० देखि १५ मिनेटसम्म छिटोछिटो हिडनुपर्ने वा दौडिनु पर्ने हुन्छ । हिड्ने बेलामै इ.सि.जी. रेकर्डिङ्ग गरिन्छ । टि.एम.टी. जाँचलाई सुरक्षित मानिन्छ । तर यो जाँच गर्नुभन्दा अगाडि मुटुरोग विशेषज्ञले राम्ररी मुटुका जाँचहरु (इ.सि.जी, इको, एक्सरे, रगत आदि) को विश्लेषण गरेकै हुनुपर्छ । टि.एम.टी जाँच अनुभव प्राप्त मुटुरोग विशेषज्ञको सल्लाह अनुसार गरेमा केही खतरा हुँदैन । रक्तचाप नियन्त्रण नभएको, मुटुको चालमा समस्या भएको, मुटु कमजोर भएको वा मुटुको बनावटमा केही समस्या भएको बिरामीले यो जाँच गर्न मिल्दैन ।

 

CT Scan बाट एन्जिओग्राफी

CT Scan को माध्यमले पनि एन्जिओग्राफी गर्न मिल्छ । यसबाट कोरोनरी आर्टरीमा ब्लोकेज भए नभएको पत्तालगाउन सकिन्छ । तर कुन बिरामीलाई यो जाँच गर्ने हो र कुनलाई सस्धा क्याथ ल्यावमा क्याथेटर तार को माध्यमले एन्जिओग्राफी गर्नुपर्ने हो, यसको निर्णय इन्टरभेन्सनल कार्डियोलोजिष्ट ले नै गर्नुपर्छ ।
सि.टी स्क्यानको मद्दतले एन्जिओग्राफी गरेर ब्लोकेज देखिएमा फेरी रोग Confirm गर्नको लागि क्याथ ल्याबमा क्याथेटर तारको माध्यमले एन्जिओग्राफी गर्नुपर्ने नै हुन्छ । त्यसैले सि.टि स्क्यान जाँचलाई सत प्रतिशत Confirmatory जाँच भन्न मिल्दैन । मुटुरोग विशेषज्ञ बाहेक विरामी आफैले वा अरुले भनेर सि.टी. कोरोनरी एन्जिओग्राफी गरेर CAD हो कि होइन हेर्न खोज्नु पक्कै राम्रो कदम होइन । मधुमेह रोगी र ब्लोकेजको सम्भावना बढी भएको बिरामीको लागि कोरोनरी एन्जिओग्राफी नै गर्नु राम्रो हुन्छ ।

Coronary Angiography (CAG)
मुटुलाई रक्तसंचार गर्ने रक्तनली (कोरोनरी आर्टरी) मा अवरोध (Blockage) छ कि छैन, पत्तालगाउन मुटुको रक्तनलीमा विशेष किसिमको तरल पदार्थ (Contrast Agent) पठाएर गर्ने जाँचलाई Coronary Angiography (CAG) भनिन्छ । एन्जिओग्राफीले CAD भए नभएको तथ्यलाई १०० प्रतिशत निश्चित गर्न सक्छ । यो जाँचलाई CAD सावित गर्ने Confirmatory Test मानिन्छ ।

Angiography को आवश्यकता
-हृदयाघात भएमा
-हिंडडुल गर्दा छाती दुख्ने भएमा
-मुटु कमजोर भएमा कारण पत्तालगाउन
-मुटुको अप्रेशन गर्नुभन्दा अगाडि
-TMT जाँचमा खराबी देखिएमा

शुरुवातको जाँच पडतालको आधारमा ब्लोकेजको संभावना बढी भएको बिरामीमा CAG गर्ने गरिन्छ । कहिलेकाँही अरु जाँचहरुमा CAD को शंकाभएमा अन्यौल हटाउन पनि यो जाँच गरिन्छ । शंकाको आधारमा हृदयाघातकोलागि उपचार पाइराखेको बिरामीमा एन्जिओग्राफी गरेर, ब्लोकेज नभेटिएको अवस्थामा खाइराखेको औषधिहरु रोक्न मिल्छ । कैथ ल्याब (Cath Lab) सुविधा भएको अस्पतालमा मात्रै यो जाँच गर्न सकिन्छ । यो जाँच गरिने बेलामा थोरै भएपनि खतरा हुने भएकोले, विशेष तालिम प्राप्त मुटुरोग विशेषज्ञ (Interventional Cardiologist) ले |मात्रै CAG जाँच गर्ने गर्दछन् । Angiography गरेको धेरैजसो बिरामीलाई १२ घण्टा भित्रै सोही दिन नै अस्पतालबाट Discharge गरिन्छ ।