Blog

उच्च रक्तचापमा, आँखामा देखापर्ने समस्या तथा नियमित आँखा जाँचको महत्त्व

blog-detail-img
|
  March 11, 2022
11661
Views

आधुनिक जीवनशैली तथा रहनसहनसँगै आजको अवस्थामा जनमानसमा उच्च रक्तचापको समस्या बढ्दो क्रममा छ।  शरीरको अति संबेदनशील अङ्ग मानिने आँखामा पनि उच्च रक्तचापका विभिन्न समस्या देखापर्न सक्छन् उच्च रक्तचापको जोखिम दुवै आँखामा उच्च नै हुने गर्दछ प्राय उच्च रक्तचापका बिरामीहरूले सम्बन्धित विशेषज्ञको सल्लाह अनुसार नियमित औषधी सेवन गरेको पाइन्छ  तर नियमित आँखा जाँच गरेको भने कम नै पाइन्छ यसको मुख्य कारण भने उच्च रक्तचापले आँखामा निम्त्याउने खराबीबारे जनचेतनाको अभाव हो

कुनै एक उच्च रक्तचापको बिरामीलाई  "तपाईँको आँखा जाँच गर्नुपर्छ, उच्च रक्तचापको जोखिम तपाईंको आँखामा " भन्दा "मेरो आँखा ठीक , राम्रो देख्छु"  भनेको पाइन्छ । वास्तवमा यसमा विरामीको कुनै गल्ती छैन, यहाँ केबल उच्च रक्तचाप आँखामा हुने समस्यका बारेमा जानकारीको अभाव छ । यस लेखको अभिप्राय पनि उच्च रक्तचाप आँखा जाँचको महत्व बारेमा जनचेतना जगाउनु हो ।

१ . उच्च रक्तचापले कसरी आँखामा असर गर्छ ?

उच्च रक्तचापको जोखिम आँखामा बढी हुन्छ मुलतः यसले आँखाको पर्दा (Retina) भागमा  खराबी निम्त्याउँछ, जसलाई Hypertensive Retinopathy भनिन्छ । पर्दामा भएका विभिन्न खराबीका आधारमा यसलाई ग्रेड १, २, ३ मा विभाजित गर्न सकिन्छ । आँखाको पर्दा निकै महत्त्वपूर्ण भाग हो जसको मद्दतले हामीले राम्रो देख्ने गर्दछौ । यस भागमा हुने सुष्म रगतका नलिहरूमा उच्च रक्तचापले गर्दा असर देखिन्छ ।  

रगतका नालिहरु सांधुरो हुँदै जाने अन्तत : विभिन्न पर्दाका समस्याहरू जस्तै पर्दामा रगत जम्ने नालिहरु सुक्दै जाने, आँखाको नशा सुन्निने, पर्दामा पानी जम्ने आदि देखा पर्न सक्छन् । यस्ता समस्याहरूले गर्दा आँखाको दृष्टि कम हुँदै जाने गर्छ । त्यसैले समयमै आँखा जाँच गर्नु पर्दछ

२. समस्याका मुख्य कारणहरु :

अनियन्त्रित उच्च रक्तचाप ( Uncontrolled Hypertension)

समयमै उच्च रक्तचापको उपचार नगर्नु तथा नियमित औषधी सेवन नगर्नु

रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन

अस्वस्थ जीवनशैली, व्यायामको अभाव

नियमित रूपमा आँखा जाँच नगर्नु

 

३. आँखा जाँच को महत्व

उच्च रक्तचाप भएका बिरामीको शरीरको अवस्था -नियन्त्रणमा रहेको वा नरहेको थाहा पाउन आँखाको जाँच गर्नुपर्छ

अनियन्त्रित उच्च रक्तचापले मूलत: आँखामा खराबी निम्त्याउँछ ।  

यदि आँखाको पर्दामा खराबी देखा परेको भने शरीरका अन्य अङ्ग ( मुटु, मृगौला, मस्तिष्क) मा पनि समस्या देखापर्ने संभावना बढी हुन्छ । त्यसैले नियमित रूपमा आँखाको जाँच गराउँदा आँखाको अवस्थाका साथसाथै सम्पूर्ण शरीरको अवस्था उच्च रक्तचाप  हुँदा अनुमान गर्न सकिन्छ ।

४.  कस्तो मानिसले आँखा जाँच गर्ने ( नानी फुलाएर पर्दा जाँच )

 ● सबै उच्च रक्तचापका बिरामीहरू

 ● तन्नेरी उमेर समूहका मानिसहरू जसमा भर्खर उच्च रक्तचाप देखापरेको

 ● गर्भवती महिला जसमा उच्च रक्तचापको समस्या देखापर्छ

 ● अन्य शारीरिक रोगहरू - मधुमेह, बाथ आदि भएका मानिसहरू

५. आँखामा देखापर्ने समस्याका समाधानहरु :

समस्या देखिन नदिनु नै मूल उपाय हो त्यसैले नियमित आँखाको पर्दा जाँच तथा नियमित औषधीको सेवन गर्नुपर्छ

उच्च रक्तचाप नियन्त्रणका लागि  बिषेशग्य सल्लाह अनुसार औषधी सेवन तथा जाँच गर्ने

● जीवनचर्यमा परिवर्तन ल्याउने

नियमित आँखा जाँचको क्रममा पर्दामा कुनै खराबी देखा परेमा विभिन्न उपचारका उपाय अपनाउन सकिन्छ मूलत : उच्च रक्तचाप नियन्त्रण नै यसको मूल उपाय हो ।