Blog

वायु प्रदुषणसंगै आखामा देखापर्ने समस्या तथा यसबाट बच्ने उपायहरु

blog-detail-img
|
  April 25, 2022
1086
Views

वायु प्रदुषण आजको प्रमुख चुनौती हो । बढ्दो जनसंख्याशहरीकरण तथा आधुनिकीकरण संगै वायु प्रदुषण पनि बढ्दो क्रममा रहेको पाइन्छ । हालसालै गरिएको अध्ययन अनुसार नेपालमा पनि वायु प्रदुषण बढ्दै गएको र काठमाडौंमा यसको अवस्था गम्भीर रहेको पाइन्छ । येस्तो अवस्थामा मानिहरुमा आँखाका विभिन्न समस्याहरु बढ्दो क्रममा पाइन्छ ।

वायुप्रदुषणले आँखामा देखापर्ने समस्याहरु

  • आँखा रातो हुने, कचेरा आउने
  • आँखा पोल्ने
  • आँखा दुख्ने
  • आँखा बिजाउने अलि चिलाउने
  • सुख्खा हुने , मासु पलाउने
  • आशु  आउने
  • टाउको दुख्ने
  • आँखा धमिलो  हुने
  • घाममा हेर्न अप्ठ्यारो हुने

 यसबाट बच्ने उपायहरु

  • बाहिर निस्किदा सन-ग्लास लगाउने र क्यापको प्रयोग गर्ने
  • मोटरसाइकल चलाउद चस्मा तथा भाइजर लगाउने
  • बाहिर गएर आएपछि सफा चिसो पानीले आँखा पखाल्नी अनि चिकित्सकको सल्लाह अनुसार आइ-ड्र्प (Eye drop) हाल्ने ।
  • आँखा अत्यधिक चिलाउने अवस्थामा Ice ले सेक्ने
  • माथीका कुनैपनि समस्या देखा परेमा तुरुन्त सम्बन्धित चिकित्सकसंग जाँच गराउने ।
  • Contact lens प्रयोग गर्दा सावधानी अपनाउने ।