Blog

हार्ट फेल्योर भनेको के हो? र यसका लक्षणहरुः

blog-detail-img
|
  April 25, 2022
1239
Views

हार्ट फेल्योर (Heart Failure) भन्नाले मुटुको रगत जम्मा गर्ने वा फाल्ने (Pumping) प्रकृयामा समस्या हुनु हो । मुटुको Pumping क्षमतामा कमी भएमा रगतको प्रवाह शरीरको विभिन्न अंगहरुमा आवश्यकता अनुसार नपुगेर यसको कृयाकलापमा कमि आउँछ । हार्ट फेल्योरको कारणले बिरामीलाई दैनिक कामकाज गर्दा अप्ठ्यारो मात्रै हुने नभएर असामयिक मृत्युको खतरा पनि हुन्छ । त्यसैले यो रोगसँग मिल्दोजुल्दो लक्षण भएको शंका भएमा मुटुको जाँच गराउन उपयुक्त हुन्छ । मुटुको जुनसुकै रोग पनि अन्ततः हार्ट फेल्योरको लक्षण देखाउन सक्छ । त्यसैले हार्ट फेल्योरको लक्षण भएको प्रत्येक रोगीमा यसको कारण पत्तालगाउन अत्यन्तै जरुरी हुन्छ ।
हार्ट फेल्योरले गर्दा शरीरका महत्त्वपूर्ण अंगहरुमा असर पर्नसक्छ । त्यसैले हार्ट फेल्योरको बिरामीको लक्षण फोक्सो, मृगौला, कलेजो वा पेटको रोगसँग मिल्दोजुल्दो हुनसक्छ । यो रोगका लक्षणहरु बिस्तारै बिस्तारै र कहिलेकाँही अचानक पनि देखिन सक्छ । विशेष गरेर यो रोगका लक्षणहरु शरीरिक गतिविधि गर्ने बेलामा देखिने वा बढ्ने गर्छ । आराम गरेपछि कम हुनथाल्छ । रोगको प्रकृति हेरेर लक्षणहरु पनि फरक फरक हुनसक्छन् ।