Blog

अस्वस्थ जीवनशैली र यसले स्वास्थ्यमा पार्ने समस्याहरुः

blog-detail-img
|
  April 26, 2022
1675
Views

आधुनिकि करणले हाम्रो जीवनशैलीलाई दिन प्रतिदिन अस्वस्थ बनाइ रहेको छ । जीवनशैलीमा नराम्रो परिवर्तनले हामीलाई मुटु र रक्तनली सम्बन्धी रोगहरु (Cardiovascular disease, CVD) |लाग्ने सम्भावना बढाउँछ । संसारभरी मै CVD को प्रकोप बढ्दै गइरहेको देखिन्छ र यसको प्रमुख कारण अस्वस्थ जीवनशैली नै हो । अस्वस्थ जीवनशैलीका ५ प्रमुख पक्षहरु हुन्छन् ।

अस्वस्थ जीवनशैलीले हुने स्वास्थ्य समस्या
अस्वस्थ आहार र शारीरिक गतिविधिमा कमि नै मुटुरोगका प्रमुख २ कारणहरु मानिन्छन् । धुम्रपान र मदिरापान पनि आधुनिकिकरण सँगसँगै बढ्दै गइरहेको छ । आधुनिक सामाजिक संरचनाको कारणले मानिसमा मानसिक तनाव बढदै गईरहेको देखिन्छ । धेरैजसो अवस्थामा त्यक्ति आफैले मानसिक तनावलाई निम्त्याएको पनि देखिन्छ । जीवनशैली नराम्रो भएको कारणले पनि मानसिक तनावको सृजना हुन्छ ।

अस्वस्थ जीवनशैलीले
पहिला केही रिस्क फैक्टर्सको (Risk Factors) सृजना गर्छ । यी रिस्क फैक्टर्सले विभिन्न स्वास्थ्य समस्याहरु उत्पन्न गर्छ । तर कहिलेकाँही अस्वस्थ जीवनशैलीको कारणले खतरनाक स्वास्थ्य समस्याहरु पनि सृजना भएको हामी देख्छौं ।

अस्वस्थ जीवनशैलीका अन्य दुष्प्रभावहरु

फोक्सोको रोग:
चुरोटको सेवनले फोक्सोको क्यान्सर मात्रै होइन, दमको रोग (COPD) पनि गराउँछ । नेपालमा वर्षेनी हजारौं मानिसको मृत्यु दमको रोगले गर्दा हुन्छ । यसको प्रमुख कारण चुरोटको सेवन नै हो ।

कलेजोको रोग:
मदिराको सेवनले कलेजोको समस्याहरु सृजना गर्दछ । अत्यधिक मदिराको सेवनले हेपाटाइटिस, लिभर फेल्योर हुनसक्छ ।

गर्भवती महिला:
गर्भवती महिलाले चुरोट वा मदिराको सेवन गरेमा आमालाई भन्दा गर्भ भित्रको शिशुलाई धेरै | हानि हुनसक्छ । गर्भपतनदेखि लिएर जन्मजात मुटुरोग र अन्य अंगहरुमा जन्मजात समस्याहरु पनि देखापर्न सक्छन् ।

सामाजिक:
मदिराको सेवनले विभिन्न किसिमका पारिवारिक र सामाजिक समस्याहरु उत्पन्न गर्नसक्छ । यसले आर्थिक समस्या समेत निम्त्याउन सक्छ ।

ब्यवहारिक समस्या:
अस्वस्थ जीवनशैलीले गर्दा विभिन्न व्यवहारिक समस्या पनि उत्पन्न हुन सक्छ । यसले परिवार भित्र र बाहिर पनि अनेक समस्याहरु नित्याउन सक्छ ।