Blog

मुटुरोगको नियन्त्रणमा सचेतनाको भूमिका सबैभन्दा महत्वपुर्ण हुन्छ: डा ओममूर्ती अनिल

blog-detail-img
|
  Sept. 26, 2022
715
Views

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ती अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतनाको भूमिका सबै भन्दा महत्वपुर्ण हुने बताएका छन्। उनले मुटुरोग आज नेशनल कार्डियाक सेन्टरमा स्वास्थ्य पत्रकारहरूसँग कुरा गर्दै उनले अस्वस्थ जीवनशैली नै यसको मुल कारण भएकाले 'हेल्थ एजुकेशन' ले मात्र मानिसको व्यवहार परिवर्तन गर्न सकिने बताएका हुन्।

उनले अस्पताल बनाएर मात्र रोगबाट बच्न नसकिने भन्दै रोग लाग्न नदिन र असल जीवनशैलीमा सबैले जोड दिनुपर्ने बताए। त्यसैगरी मुटु, मष्तिस्क तथा मृर्गौलामा असर गर्ने रोग प्रेसर, सुगर र कोलेस्ट्रोल जस्ता समस्याको पहिचान र नियमित औषधीको सेवनले दुर्घटनाबाट बच्न सकिने जानकारी दिए। उनले अझै पनि समाजमा प्रेसर, सुगर र कोलेस्ट्रोलको औषधी सेवन गर्ने की नगर्ने भनेर बिरामीहरू भ्रममा रहेको भन्दै डाक्टरको सल्लाह अनुसार लिइने औषधी र निमित व्यायमले जीवन सहज बनाउने कुरामा जोड दिए।

उनले भने ‘हामीले आहारमा ध्यान दिनुपर्छ र नियमित व्यायम गर्नुपर्छ। मदिरा चुरोट तथा अन्य जंकफुटलाई आजै देखि छाँडिदिउँ, यसो गरेमा प्रेसर सुगर कोलेस्ट्रोल बढ्न पाउँदैन्, यी समस्याका कारणले हुने मुटुरोग, मृर्गौला रोग र मस्तिष्कघातको जोखिम कम हुन्छ। यसले मानिसको मृत्यु हुने, आयु घटने, शारीरिक अस्वस्थता हुने र आर्थिक भार थपिने अवस्थाबाट पनि बचाउँछ।’

यस्ता रोगको लक्षण सधै नदेखिने भन्दै उमेर अनुसार नियमित परीक्षण गरे जोखिम कम हुने उनले दाबी गरे। हृदयघातको उपचार महंगो पनि छ र जीवनै जाने खतरा भएकाले सस्तो जाच गरेर स्वस्थ आहार, नियमित व्ययाम र मदिरा र चुरोटबाट टाढा रहन सके सबैभन्दा उत्तम उपाए हुने जानकारी दिए। उमेरसँगै आउने जटिलता र खानपानबारे स्वास्थ्य सचेतना बढाउन सके सरकार र परिवारलाई पर्ने आर्थिक भारबाट बच्न सकिने उनको तर्क छ।

नेपालमा २०१९ को स्टेप्स सर्वे अनुसार लगभग २५ प्रतिशतमा उच्च रक्तचाप रहेको र आफुलाई उच्च रक्तचाम भएको थाहा नपाउने ५५ प्रतिशत रहेको बताए। त्यस्तै ६ प्रतिशतमा मधुमेह रहेको र ७३ प्रतिशतले आफुमा मधुमेह भएको थाहा नपाएरै बसिरहेको जानकारी दिए। त्यस्तै उच्च कोलेस्ट्रोल ११ प्रतिशतमा देखिएको छ भने लगभग ९८ प्रतिशतलाई कोलेस्ट्रोल भएको थाहा नभएको बताए। कतिपय अवस्थामा लक्षण नदेखिनु र लक्षणबारे जानकारी नभएरै बिरामी रोगको पहिचान नभएको भन्दै जनचेतना नै यसको पहिलो औषधी भएको बताए।

उक्त कार्यक्रममा मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा प्राथमिक उपचार के कस्तो गर्ने विषयमा जानकारी दिएका थिए। स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष रामप्रसाद न्यौपानेले अन्तराष्ट्रिय मुटु दिवसको यस अवसरमा ३० जना स्वास्थ्य पत्रकारहरु नेशनल कार्डियाक सेन्टरसँगको सहकार्यमा नि:शुल्क मुटु परिक्षण गरिएको जानकारी दिए।

२९ सेप्टेम्बरका दिन विश्वभर मुटु दिवस मनाइन्छ  यस वर्षको नारा 'युज हार्ट फोर एभ्री हार्ट' अर्थात 'हरेक मुटुलाई मुटु देखि नै माया गरौँ' भन्ने रहेको छ।

https://www.onlinekhabar.com/2022/09/1197088

https://medicalpatra.com/news-details/8194/2022-09-26

https://www.nepalihealth.com/2022/09/26/72333/