Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist
Click here to download mobile App
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप Blood Pressure (BP) भनिन्छ । रक्तचापलाई (BP) मिलिमिटर अफ मर्करी (mm of Hg) मा नापिन्छ । माथिको BP लाई सिस्टोलिक (Systolic) र तलको BP लाई डायस्टोलिक (Diastolic) भनिन्छ । सिस्टोलिक र डायस्टोलिक दुबै BP शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् ।
BP नाप्ने तरिका ठीक नभएमा BP को नाप High वा Low हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ । त्यसैले BP नाप्ने बेलामा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ । आफ्नो BP कति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस र याद राख्नुहोस् । घरमा स्वयम्ले नापेको BP को रेकर्ड चिकित्सकलाई भेटने बेलामा देखाउनुपर्छ र अरुले नापेको रक्तचापको पनि रेकर्ड राख्ने गर्नुपर्छ ।
घरमा (BP) नाप्दा ध्यान दिनुपर्ने कुराहरु:-
आफ्नो चिकित्सकको परामर्श अनुसार मात्रै अटोमेटिक BP मेसिन किन्नुपर्छ ।
तपाईको BP नाप्ने मेसिनलाई डाक्टरको BP मेसिन सग तुलना गरेको हुनुपर्छ ।
घरमा नापेको रक्तचापको पहिलो नाप प्रायः बढी देखाउछ । त्यसैले ५–५ मिनेटको फरकमा ३ चोटी नापेर औसत रेकर्ड गर्नुपर्छ ।
डा. ओम मूर्ति अनिलका भिडियो र लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस ।
BP को रेकर्ड राखेर चिकित्सकलाई भेट्ने बेलामा ल्याउनु पर्छ ।
BP बिहान वा साझ औषधि खानुभन्दा अगाडि नाप्ने गर्नुपर्छ ।
BP कतिकति दिनको फरकमा नाप्नु पर्ने हो यो कुरा आफ्नो चिकित्सकको परामर्श अनुसार नै गर्नुपर्छ ।
BP नियन्त्रणमा आएपछि २–३ हप्तामा एक पटक नाप्नु उपयुक्त हुन्छ ।
Systolic (mm of Hg) | Diastolic (mm of Hg) | |
Normal | <120 | <80 |
Elevated Blood Pressure | 120-129 | <80 |
Hypertension Stage 1 | 130-139 | 80-89 |
Hypertension Stage 2 | 140 and above | 90 and above |
*Above displayed data is adapted from recent AHA (American Heart Assocoation) 2017 guidelines.