Blog

HOW MUCH EXCERCISE REQUIRED FOR BP CONTROL उच्च रक्तचाप नियन्त्रण गर्न कति व्यायाम आवश्यक पर्दछ ?

blog-detail-img
blog-detail-img
|
  April 3, 2022
3535
Views

सामान्य व्यक्तिले पनि प्रतिदिन आधा घन्टा (३ किलोमिटर) हिँड्नुपर्छ भने रक्तचापलाई थप नियन्त्रणमा राख्न १ घन्टा हिंड्नु जरुरी हुन्छ । दैनिक प्रशस्त गतिविधिले रक्तचापलाई ५–१० मि.मि. अफ मर्करीसम्म घटाउन मद्दत गर्छ, जुन १–२ चक्की औषधि सेवनको बराबर हुन्छ । रक्तचाप जति बढी छ, उति नै बढी हिँड्नु फाइदाजनक मानिन्छ । गाह्रो व्यायामले रक्तचाप बढाउन सक्छ । रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिलाई हिँड्नु नै सर्वोत्तम उपाय मानिन्छ । हिँड्दा अलि छिटो—छिटो, स्वाँस्वाँ हुनेगरी र हल्का पसिना आउनेगरी हिँड्नु राम्रो मानिन्छ । विस्तारै हिँडेमा पनि फाइदा अवश्य नै हुन्छ । तपाईंले हिँडेको प्रत्येक पाइलाले रक्तचापमा सकारात्मक असर गर्ने कुरालाई सम्झी आफ्नो फुर्सतको समयलाई हिँड्नमा सदुपयोग गर्नुपर्छ । हिँड्ने बेलामा शरीरमा उत्पन्न हुने हार्मोन/रसायन आदिले मुटु र रक्तनलीमा सकारात्मक असर गरेर रक्तचाप घटाउन मद्दत गर्छ ।