Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist
काठमाडौं– नेपाल हृदयरोग निवारण प्रतिष्ठानले शनिवार एक विशेष समारोह बिच मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल लाई मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९ प्रदान गरेको छ । मुटु रोग निवारणमा उपचारात्मक एवं प्रतिकारात्मक दुवै क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै जन समुदायलाई मुटु रोगको पीडा वाट बचाउने एवं मुटु रोग सम्बन्धी अनुसन्धानात्मक कार्यमा समेत क्रियाशील रहँदै आएकोले डा. ओम मूर्तिलाई उक्त सम्मान प्रदान गरिएको हो ।
डा.ओममुर्ति तक्मा सहितको वक्ता सम्मान पाउने चौथो व्यक्ति रहेको ‘सम्मान चयन समितिको अध्यक्ष’, एवं हृदयरोग निवारण प्रतिष्ठानका पूर्व अध्यक्ष दिपेन्द्र पुरुष ढकालले बताए । ‘हाम्रो तिन जनाको चयन समितिले मुटु रोगको क्षेत्रमा आम जनसमुदायको जनचेतना अभिवृद्धि गर्ने उनको कार्यकोलागि डा.ओममुर्तिलाइ छानेको हो’,उनले भने।
डा.ओममुर्तिले नेपाल मात्र नभइ नेपाली भाषी हरूको लागि वर्षौ देखी अटुट रुपमा मुटु रोगको क्षेत्रमा उपचारात्मक एवं प्रतिकारात्मक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएको जनाउदै ढकालले भने–‘उनी द्वारा सहज रुपमा सबैले बुझने गरी सामाजिक सञ्जाल, भिडियो , पत्र पत्रिका आदिका माध्यमले मुटु रोग सम्बन्धी जानकारी मात्र दिइने गरिएको छैन उनी अनुसन्धानात्मक कार्यमा समेत क्रियाशील रहँदै आएका छन ।’
डा.ओममुर्तिले ‘स्वास्थ्य सचेतना दिने भिडीओ’, स्वास्थ्य चेतना जनाउने लेख, रचना, प्रस्तुती आदि सन २०११ देखी नै फेसबुक लगायत विभिन्न सामाजिक सञ्जाल माध्यम मार्फत सार्वजनिक गर्दै आएकाछन । छिमेकी मुलुकको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) वाट मुटु रोगमा सर्वोच्च डिएमको पढाइ गरेका डा.ओममुर्ति नेपालमा सबै भन्दा बढी फेसबुक फलोअर्स (१० लाख भन्दा बढी) भएका एक्लो चिकित्सक हुन ।
https://risingnepaldaily.com/news/20309
https://swasthyakhabar.com/story/49502
https://www.nepalhealthpress.com/health-news/1701/
https://www.newsofnepal.com/2022/12/18/543025/
https://www.nepalihealth.com/2022/12/18/73873/
https://medicalpatra.com/news-details/8809/2022-12-18
https://www.kalakarmi.com/life-style/92616/
https://healthpati.com/detail/31220221218113217.html