Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist
Click here to download mobile App
पुट्ठा (हिप) को हाड भाँच्चिएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका एक व्यक्तिलाई रिसले गर्दा अस्पतालको शय्यामै ह्दयाघात भयो । मन नपर्ने व्यक्ति आफूलाई हेर्न आएपछि उनको रिस थामिएन । अस्पतालको शय्याबाटै उनले ती व्यक्तिलाई आउन दिएकोमा पत्नीलाई समेत धेरै रिस पोखे । ती व्यक्ति आउनुमा पत्नी नै कारण रहेको ठानेपछि झगडा नै पर्यो । तर लगत्तै बिरामीको छातीमा तीव्र दुखाइको अनुभव भयो । उनलाई ह्दयाघात भएको रहेछ । एन्जियोग्राफी गरेर मुटुमा स्टेन्ट हालियो । पछि उनी स्वस्थ भए ।
रिसले ह्दयाघातसम्म गराउन सक्ने तीन वर्षअघिको यो घटना सम्झँदै मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘अस्पतालमै ह्दयाघात भएकाले एक घण्टाभित्रै उपचारले उनी जोगिए ।’ उनको मुख्य धमनीमा ब्लकेज थियो ।’ ह्दयाघात भएकाहरूको चिकित्सकीय इतिहास केलाउँदा हर्ट अट्याक हुनुमा रिस र क्रोधले समेत सघाएको प्रशस्त उदाहरण देखिन थालेको डा. ओममूर्ति बताउँछन् ।
रिसले मुटुको रक्तनलीमा अवरोध भएका वा नभएका दुवैलाई ह्दयाघात हुन सक्ने सम्भावना औंल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘पछिल्लो नयाँ अनुसन्धानले के भन्छ भने धेरै बढी रिस देखाउनेलाई ह्दयाघात हुन सक्छ ।’ रिस उठेको दुई घण्टाभित्र ह्दयाघातसँगै पक्षाघात (स्ट्रोक), मुटुको चालमा गडबडी हुने सक्ने उनी बताउँछन् ।
डा. ओम मूर्ति अनिलका भिडियो र लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस ।
पछिल्लो अध्ययन तथ्यांकको विश्लेषणले के देखाउँछ भने जुन व्यक्तिलाई रिस धेरै उठ्छ, उसलाई त्यस दुई घण्टाभित्रको समयमा ह्दयाघात, पक्षाघात र मुटुसम्बन्धी अन्य समस्या हुने जोखिम बढी हुन्छ । यस्तो बेला ह्दयाघातको जोखिम पाँच गुणा र स्ट्रोकको जोखिम तीन गुणा बढी हुन्छ ।
अमेरिकन कलेज अफ कार्डियोलजीको जर्नलमा प्रकाशित उक्त अनुसन्धान अनुसार रिसले मुटुमा एक्कासि परिवर्तन ल्याउँछ र अचानक ह्दयाघातको कारण बन्न सक्छ । उक्त अध्ययनमा रिस र अन्य प्रकारको मानसिक तनावले मुटुको कार्य प्रणालीमा एक्कासि घातक परिवर्तन ल्याउने कुरा औंल्याइएको छ । कोरोनरी आर्टी (मुटुमा रगत पुर्याउने धमनी) रोग ग्रस्त ६२ जना बिरामीमा गरिएको अध्ययनले रोगीलाई रिस नियन्त्रण गर्ने प्रशिक्षण दिइए केही बिरामीलाई अचानक हुने ह्दयाघात रोक्न वा कम गर्न सकिने पत्ता लागेको थियो ।
रिसले ह्दयाघात गराउने कारणबारे बताउँदै डा. ओममूर्ति भन्छन, ‘रिसले मुटुको चाल र रक्तचापमा अत्यधिक वृद्घि गर्छ र रक्तनलीको व्यास घटेर प्लाक (रगतको नलीमा जमेको बोसो) मा बल पुग्छ जसले यो एक्कासि फुट्छ । त्यसपछि त्यो ठाउँमा रगत जमेर रक्तप्रवाह अचानक अवरुद्घ भई ह्दयाघातको अवस्था आउँछ ।’ हामीलाई रिस उठेपछि हाम्रो तल र माथि (सिस्टोलिक र डायस्टोलिक) को रक्तचाप बढ्छ । यसले मुटुको विद्युतीय चाललाई भंग गर्छ । यसले मुटुको मांसपेशी र पातलो सतहलाई समेत नष्ट गर्छ ।
यतिसम्म कि रिसले कोरोनरी मुटु रोगको जोखिम तेब्बर बढाउँछ । रिसले शरीरमा एड्रिनलिन र नोराड्रिलिन हार्मोनको स्तरमा समेत वृद्घि हुन्छ । यसले उच्च रक्तचाप, स्ट्रोक, मृगौला फेल हुने, अम्लता, छाती दुखाइ, तीव्र टाउको दुखाइ लगायतका विभिन्न रोग हुन सक्छ । बढी रिसले गर्दा मुटुको रगत पम्प गर्ने क्षमतामा पनि कमी आउँछ । यसले गर्दा मुटुका मांसपेशीहरूमा क्षति पुग्न थाल्छ र हर्ट अट्याक हुने खतरा बढ्छ ।
रिसले मान्छे मार्न सक्ने भएकाले यसको उचित प्रबन्धन गर्नुपर्ने औंल्याउँदै डा. ओममूर्ति बताउँछन् । रिस मनुष्यमा देखिने प्राकृतिक भावना हो । सामान्यतया हामीलाई निराशा हुँदा, चिडचिडाहट हुँदा, अनुकूल काम नहुँदा रिस उत्पन्न हुन्छ । रिस प्राकृतिक कुरा भएकाले यसबाट पूर्ण रूपमा मुक्ति सम्भव छैन । रिस उठ्नु सामान्य कुरा भए पनि यसले तपाईंलाई हानि गर्छ भने पक्कै पनि तपाइका लागि खतराको घन्टी हो नै ।
रिस प्रबन्धनका लागि डा. ओममूर्ति बिरामीलाई सबैभन्दा पहिले रिस उठ्ने स्थितिको वास्ता नगर्न सल्लाह दिन्छन् । उनी भन्छन्, ‘रिस उठ्न सक्ने व्यक्ति, प्रक्रिया, स्थितिलाई वास्ता नगर्नुस् । मनोरञ्जन गर्नुका साथै वास्तविकता महसुस गरेर आराम गर्नुले ...............................
Published in kantipur daily 2016 December